खोज तलास खबर, जनकपुरधाम ! पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान एक यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।
बिहान करिब ७:१५ बजे काठमाडौँबाट तिहारका यात्रु बोकेर चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।
आगलागीको खबर पाउने वित्तिकै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सक्रियतामा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको डीएसपी कार्कीले बताए।
बसमा रहेका यात्रुहरू सकुशल छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया