खोज तलास खबर, जनकपुरधाम ! नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा तथा सक्षम महिला केन्द्रको समन्वयमा धनुषा जिल्लाको सबैला नगरपालिका–१२, बरकुर्वा मुसहरी टोलमा आज जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका अध्यक्ष अगुवा अशोक सदा ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी लगायत मुसहर समुदायका सवाल तथा समस्यामाथि छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष श्री चन्देश्वर सदा रहनु भएको थियो भने विशेष अतिथिका रूपमा विदेशमा रही समुदायका लागि योगदान पुर्याउँदै आउनु भएका युवा देवनारायण सदा ज्युको उपस्थिति उल्लेखनीय रह्यो। साथै, विभिन्न टोलबाट आएका सामाजिक अगुवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सामुदायिक योगदानको कदरस्वरूप श्री चन्देश्वर सदा, देवनारायण सदा र महेन्द्र सदा ज्युलाई स्वागतस्वरूप गमछा लगाई सम्मान गरिएको थियो।
कार्यक्रमको जानकारी सुजिता सदा ज्युले दिनु भएको हो।







प्रतिक्रिया