गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु

खोज तलास खबर, जनकपुरधाम  ! रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर निधन भएको छ।

उहाँ आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते हुनुभएको थियो। स्थानीयवासीहरूले तुरुन्तै उद्धार गरी उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याएका थिए। तर अस्पतालमा चिकित्सकले उहाँलाई बिहान ४:३० बजे मृत घोषित गरेका हुन्।

 

स्वर्गीय यादव स्थानीय राजनीतिमा सक्रिय हुनुका साथै समाजसेवी र सहयोगी स्वभावका व्यक्तित्वका रूपमा चिनिनुभएको थियो। उहाँको निधनले स्थानीय समाजमा शोकको छायाँ छाएको छ।

 

हाल उहाँको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार