खोज तलास खबर, जनकपुरधाम ! काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा मंगलबार बिहान ग्यास लिक भएर आगलागी भएको हो। उक्त दुर्घटनामा परी एक महिलाको ज्यान गएको पुष्टि गरिएको छ। मृतकको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार आगलागीको कारण घरको केही भागमा क्षति पुगेको छ भने विस्तृत विवरण संकलन कार्य भइरहेको छ। साथै, घटनास्थलमा प्रहरी र दमकल टोली खटिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार सिलिन्डरबाट ग्यास चुहिनु नै आगलागीको कारण भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी अनुसन्धानपछि घटनाबारे थप जानकारी सार्वजनिक गरिनेछ।







प्रतिक्रिया