श्री कमलामाई आधारभूत विद्यालयको भर्ना अभियान समापन

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम ! धनुषाको  सबैला नगरपालिका वडा नं १३ स्थित श्री कमलामाई आधारभूत विद्यालय, ढोलबाजामा सञ्चालन गरिएको भर्ना अभियान सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गराइँदै आएको यस विद्यालयमा शिक्षा क्षेत्रको प्रवर्द्धन र विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले भर्ना अभियान सञ्चालन गरिएको थियो।

 

समापन कार्यक्रममा विद्यालयका प्रमुख प्रधानाध्यापक श्री महेश कुमार महतोले अभियानप्रति सन्तुष्टि व्यक्त गर्दै अभिभावक, शिक्षक, स्थानीयवासी र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षामार्फत बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।

भर्ना अभियानको क्रममा समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम, घर-घर भ्रमण तथा अभिभावकहरूसँगको संवाद कार्यक्रम सञ्चालन गरिएको थियो। यस अभियानले विद्यालयमा नयाँ विद्यार्थीहरूको उल्लेख्य नामावली सुनिश्चित गर्न सफल भएको बताइएको छ।

 

स्थानीय अभिभावक तथा सामाजिक अगुवाहरूले विद्यालयको प्रयासको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार