कटहरिया म्युजिकल एफएमका समाचार वाचक रबिन्द्र प्रजापतिको निधन – Khoj Talash Khab

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम !रौतहट – कटहरिया नगरपालिका वडा नं ५ स्थित कटहरिया निवासी तथा कटहरिया म्युजिकल एफएममा समाचार वाचन गर्दै आउनुभएका भाई रबिन्द्र प्रजापतिको आज दुखद निधन भएको खबरले सम्पूर्ण समुदाय शोकमा डुबेको छ।

 

समाचार वाचनमा आफ्नो विशिष्ट शैली र कर्तव्यनिष्ठाको कारण सधैं प्रशंसा प्राप्त गर्दै आउनुभएका स्व. प्रजापतिको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको मृदु व्यवहार, मेहनत र प्रतिबद्धता सदैव स्मरणीय रहनेछ।

 

यस दुःखद घडीमा हामी स्व. रबिन्द्र प्रजापतिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार