सिरहामा सामूहिक सहयोगबाट मानवीयता उदाहरण : स्व. हरि मोहन मुखियाको बेचिएको खेत फिर्ता, ऋण मिनाहा

खोज तलास खबर, जनकपुरधाम !  सबैको साझा प्रयास, सद्भाव र सहयोगका कारण एक गम्भीर मानवीय संकट समाधान भएको छ। स्व. हरि मोहन मुखियाको उपचारका क्रममा आर्थिक अभावका कारण बेचिएको खेत आज पुनः फिर्ता गराइएको छ। साथै, मृतक परिवारमाथि रहेको केही ऋण समेत मिनाहा गरिएको छ।

 

उपचारका क्रममा काठमाडौंस्थित KMC अस्पतालमा बन्धक बनाइएको स्व. मुखियाको शव केवल मृत शरीर थिएन; त्यो मधेशको आत्मसम्मान, सिरहा जिल्लाको प्रतिष्ठा, र दलित समुदायको अस्मितासँग जोडिएको विषय थियो। यस घटनाले सम्पूर्ण समाजलाई झकझक्याएको थियो।

 

समाजका विभिन्न तह–स्तरबाट गरिएको सहयोग अभियानमार्फत कुल रु. ६ लाख १० हजार ९ सय रकम संकलन भई पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। उक्त रकमले न केवल आर्थिक भार कम गरेको छ, तर समाजमा गहिरो एकता, मानवीय संवेदना र सहयोगको भावनालाई पनि उजागर गरेको छ।

 

स्थानीय बासिन्दादेखि प्रवासी नेपाली, समाजसेवी, पत्रकार, मानवअधिकारकर्मी र विभिन्न संघ–संस्थाको सक्रियता र सहकार्यले यो असम्भवजस्तो देखिएको कार्य सम्भव बनाएको हो।

 

यस घटनाले मधेशी समाजभित्रको अन्तरआत्मिक एकता र सहयोग संस्कृतिको नयाँ उदाहरण स्थापित गरेको छ। सामूहिक प्रयत्नद्वारा गरिने प्रयासले समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने स्पष्ट सन्देश समेत दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार