सुरेश यादव,नवलपरासी/ भदाै ०१ ।
खोज तलास खबर, जनकपुरधाम ! पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ मा पाँच करोड रुपैयाँ खर्चेर निर्माण गरिएको शीत भण्डार प्रयोगविहीन भएको छ ।
लुम्बिनी सरकारले आलु, प्याज लगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीत भणडर निर्माण गरेको भए पनि भण्डारणका सामग्री नभएकाले अहिले शीत भण्डार पूर्ण क्षमतामा उपयोग नभएको सुस्ता गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष नीलबहादुर गुरुङले बताउनुभयो ।
केही किसान र व्यापारीका फलफूल शीत भण्डारमा राखिएको उहाँले जानकारी दिनुभयो । चारवर्षअघि निर्माण भएको यो शीत भण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।







प्रतिक्रिया