खोज तलास खबर, जनकपुरधाम ! जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ऐतिहासिक गंगासागर तालको पूर्वी डिलमा आज बिहान मानव खप्पर (कपालको हड्डी) फेला परेको छ।
स्थानीयवासीहरू बिहान सयरमा निस्कँदा उक्त खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सूचना प्राप्त भएपछि प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।







प्रतिक्रिया