खोज तलास खबर, जनकपुरधाम !सिरहा जिल्लाको सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीया सुलेना देवी खत्बे मण्डल रहेकी छिन्। आइतबार दिउँसो आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय, सिरहाले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
चट्याङ लागेर मृत्यु भएको यो घटनाले स्थानिय समुदायमा शोकको वातावरण सिर्जना भएको छ।







प्रतिक्रिया