Gen-Z आन्दोलन : नेपाल सरकारको भ्रष्टाचारविरुद्ध प्रदर्शन, सामाजिक सञ्जाल खोल्ने मागमा २० विद्यार्थीको ज्यान गयो, सयौं घाइते

खोज तलास खबर, जनकपुरधाम ! जीतेश मण्डल,काठमाडौं, भदौ २३/नेपालमा सरकारको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको Gen-Z आन्दोलन हिंसात्मक बन्दै गएको छ। आन्दोलनका क्रममा हालसम्म २० जना विद्यार्थीले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्।

प्रदर्शनकारीहरू सरकारद्वारा सामाजिक सञ्जाल जस्तै TikTok, Facebook, Instagram, र X (पूर्व Twitter) माथि गरिएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले “हामी स्वतन्त्र छौं”, “भ्रष्टाचार मुर्दाबाद”, र “सामाजिक सञ्जाल खोल” भन्ने नारा लगाउँदै देशका विभिन्न भागमा प्रदर्शन गरेका छन्।

काठमाडौं, पोखरा, चितवन, धरान, नेपालगञ्ज लगायतका मुख्य सहरहरूमा प्रदर्शन चर्किँदै गएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा काठमाडौंबाट मात्रै २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।

यो घटना पछि गृहमन्त्रीले राजीनामा दिएकाे छ भने विपक्षी दलहरुले प्रधानमन्त्री काे पनि राजीनामा माग गरेकाे छ। मानव अधिकार आयोगले समेत घटनाको स्वतन्त्र छानबिनको माग गरेकाे छ। यता, आन्दोलन पछि सामाजिक सञ्जालकाे प्रतिबन्ध राति १०:०० बेजे देखि हटाएको छ।

अन्तिम जानकारी अनुसार, आन्दोलन अझ फैलिने सम्भावना रहेको भन्दै सरकारले केही क्षेत्रमा कर्फ्यु आदेश समेत जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार