जेनजी आन्दोलन: मृतक संख्या ३६ पुग्यो, ३२२ जनाको अझै उपचार जारी

प्रतिभा राम

खोज तलास खबर, जनकपुरधाम !भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको बिहीबार मृत्यु भएपछि मृतक संख्या थपिएको हो।

 

मन्त्रालयले दिएको जानकारीअनुसार, आन्दोलनका क्रममा १ हजार ७७० जना घाइते भएका थिए। तीमध्ये हालसम्म १ हजार ३३० जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।

 

हाल देशभरका विभिन्न अस्पतालहरूमा ३२२ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। घाइतेमध्ये ७२ जनालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालहरूमा सिफारिस (रिफर) गरिएको छ।

 

सरकारले अवस्था नियन्त्रणमा ल्याउन प्रयास जारी राखेको बताएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार