विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सप्तरीमा एक कर्मचारीको मृत्यु

खोज तलास खबर, जनकपुर धाम ! सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा विद्युत् मर्मतको क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ।

 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ का करिब ४५ वर्षीय दिनेश सुतिहारको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। नेपाल विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा दैनिक ज्यालादारीका रूपमा कार्यरत सुतिहार पोलमा चढी लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।

 

प्रहरीका अनुसार घटनास्थल हनुमाननगर कंकालिनी नगरपालिका–१२ मा रहेको एक विद्युत् पोलमा मर्मतको काम गर्दै गर्दा उनी अचानक करेन्टको चपेटामा परेका थिए। गम्भीर घाइते भएका सुतिहारलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर कुरीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार