खोज तलास खबर, जनकपुर धाम ! सर्लाही, हरिपुर्वा नगरपालिका–१ स्थित हर्दी नदीमा माटोको ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत छन् ।
मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिका वार्ड नं ६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, उनका ६ वर्षीया छोरी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षका छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेका छन् ।
दशैंको तयारीका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा बिहान ९:२० बजे माटोको ढिस्को खसेर चारै जनालाई पुरिएको थियो । घाइतेहरुलाई तत्काल निकाली प्रादेशिक अस्पताल मलंगवामा पुर्याइएको थियो, जहाँ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले यस घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।







प्रतिक्रिया