खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरमा यस वर्षको समा–चकेवा महोत्सव २०८२ अत्यन्तै उत्साह र उमंगका साथ सम्पन्न भएको छ। स्थानीय परम्परा, संस्कार र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा नगरका विभिन्न टोल समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नगरस्तरीय प्रतियोगितामा जम्मा ८ वटा टोल समूहले सहभागिता जनाएका थिए। सहभागी समूहहरूले आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति, लोक गीत, नृत्य र परम्परागत रूप प्रदर्शन गर्दै कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।
प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ:
प्रथम स्थान: रघुनाथपुर सिरका टोल — रु. ८,०००
द्वितीय स्थान: सबैला–१ — रु. ५,०००
तेस्रो स्थान: भठियन — रु. ४,०००
संयुक्त तेस्रो स्थान: रघुनाथपुर — रु. ४,०००
बाँकी सहभागी सबै समूहलाई प्रत्येकलाई रु. ३,००० सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता राजु यादव ज्युले गर्नुभएको थियो भने समा–चकेवा संयोजक सन्जीप राय ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता अमरुलाह राईन सहितका विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
सांस्कृतिक चेतना जगाउने, परम्परा संरक्षण गर्ने र सामुदायिक एकता सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले सबैलामा उत्सवमय वातावरण सिर्जना गरेको छ।






प्रतिक्रिया