खोज तलास खबर, जनकपुरधाम ! भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले मधेश देशको लाइफ लाइन रहेकाले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि मधेशलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
धनुषा र सिरहालाई जोडने कमला पुल, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गका साथै मधेशका सडकको अवस्था बुझन जनकपुरधाम आउनु भएका मन्त्री दहालले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले जनसंख्या र उत्पादनको दृष्टिकोणले अब्वल रहेको मधेशका लागि वर्तमान सरकारले विभिन्न खालका मधेश केन्द्रित कार्यक्रम ल्याउन लागेको बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गर्ने र छलफलकै अधारमा सरकारले आफना मधेश केन्द्रित कार्यक्रम तय गर्ने जानकारी गराउनुभयो ।
उहाँले मधेस सरकार पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै हुलाकी राजमार्गको साथै मधेशका उतर–दक्षिण जोडने बाटोलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
जनकपुरधाम विमानस्थलमा मन्त्री दहाललाई मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, नेकपा (एमाले) का केन्द्रिय सदस्य सञ्जिव झासहितका नेता कार्यकर्ताले माला खादा लगाएर स्वागत गर्नुभएको थियो ।
मन्त्री दहाल बिहीबार हुलाकी राजमार्गको साथै नेपाल रेल्वेको जनकपुर जयनगर विजलपुरा रेल सेवाको निरीक्षण गर्नुभयो । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला पुलको समेत उहाँले निरीक्षण गर्नुभएको जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।
प्रतिक्रिया