सैफुल्ला राइन,
खोज तलास खबर, जनकपुरधाम ! धनुषा, श्री आधारभूत विद्यालय, खरीहानिमा पाठ्यपुस्तक वितरण तथा विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सवैला नगरपालिका–१० का वडाध्यक्ष श्री राजकुमार साह तथा विद्यालय व्यवस्थापन समिति (वि.व्य. समिति) का अध्यक्ष श्री विजय कुमार साहको विशेष उपस्थितिमा सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको थियो भने विद्यालय भर्ना अभियानअन्तर्गत अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आह्वान गरिएको थियो।

कार्यक्रमले बालबालिकाको शिक्षामा अभिवृद्धि ल्याउने तथा विद्यालयमा नाम लेखाउने दर बढाउने उद्देश्य राखेको छ। स्थानीय सरोकारवालाहरूको सक्रियता र सहकार्यले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएको सहभागीहरूको धारणा थियो।

विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।









प्रतिक्रिया