ऋषिबँश एकता सेवा समाज नेपालद्वारा छैठौं साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम !

जनकपुरधाम, ऋषिबँश एकता सेवा समाज नेपालले आफ्नो छैठौं साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह रहनुभएको थियो।

संस्थाले ‘परिपूरण’ को मर्मलाई आत्मसात् गर्दै समाजमा सामाजिक एकता, समावेशिता र सेवाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यस्ता संस्थाहरूले प्रदेशको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

 

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले विगत वर्षका गतिविधिहरू, सामाजिक सेवा कार्यक्रम, आर्थिक प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गरे। कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी तथा स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

संस्थाका सदस्यहरूले समुदायस्तरमा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण तथा सांस्कृतिक जागरणमा आफूहरू सक्रिय रूपमा संलग्न रहेको जानकारी दिएका थिए।

 

समाप्तिमा संस्था तथा अतिथिहरूबीच सम्मान आदानप्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार