नगर शिक्षकहरूलाई सवैलामा हाजिरी स्वागत

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सवैला नगरपालिका वडा नम्बर ०१ मा आज एक विशेष कार्यक्रमका बीच नगर शिक्षकहरूलाई हाजिरी स्वागत गरिएको छ। श्री मदन आश्रीत आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर शिक्षक नि.मा.बि. बिज्ञानका श्री सरोज कुमार यादव र प्रा.बि. की श्रीमती आरती कुमारी परियारलाई वडा कार्यसमिति द्वारा स्वागत गरियो।

कार्यक्रममा स्थानिय प्रतिनिधिहरू, विद्यालयका शिक्षक-शिक्षिकाहरू, अभिभावक तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। स्वागत कार्यक्रममा विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नगर शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको थियो।

 

कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आयोजक पक्षले हार्दिक धन्यवाद प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार