सबैला नगरपालिकाद्वारा सम्पन्न नगर शिक्षक पदपूर्ति प्रक्रिया : शैक्षिक गुणस्तर अभिवृद्धितर्फ ऐतिहासिक कदम

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम ! धनुषा — सबैला नगरपालिकाले नगर क्षेत्रभित्रको शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले नगर शिक्षक पदपूर्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यस ऐतिहासिक र प्रशंसनीय कार्यले नगरभित्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नगरपालिकाले आवश्यक अध्ययन, योजना र समन्वयमार्फत उक्त प्रक्रिया निष्पक्ष, पारदर्शी र मेरिटमा आधारित रूपमा सम्पन्न गरेको हो। यस पहलले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा योग्य र समर्पित शिक्षकहरूको पहुँच सुनिश्चित गर्दै शिक्षाको स्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण कार्यका लागि सबैला नगरपालिकाका नगर प्रमुखज्यू, समस्त जनप्रतिनिधिहरू तथा पालिकाका कर्मचारी टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। शैक्षिक क्षेत्रमा गरिएको यो ऐतिहासिक कदमले भविष्यमा अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार