सैफुल्ला राइन,
खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालय, पटेरवामा ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत तीनदिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
कमलामाई प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले बालिका शिक्षाको महत्व, बालविवाहको नकारात्मक प्रभाव, र महिलाको सशक्तिकरण विषयमा सहभागीलाई जानकारी दिएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का छात्राहरुको सक्रिय सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रशिक्षण, समूहगत छलफल, दृश्य–श्रव्य प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू समेत सञ्चालन गरिएका थिए। आयोजक संस्थाका अनुसार बालिकाहरूमाझ आत्मविश्वास अभिवृद्धि र शिक्षाप्रतिको अभिरुचि विकास गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो।
विद्यालयका शिक्षक तथा अभिभावकहरूले पनि कार्यक्रममा सहकार्य गरेका थिए। कार्यक्रम समापनमा सहभागी छात्राहरूले प्राप्त ज्ञान र अनुभवलाई समुदायमा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।







प्रतिक्रिया