ढल्केवर–जनकपुरधाम सडकखण्डमा विद्युत बत्ती जडान कार्य सम्पन्न, पूर्व उपप्रधानमन्त्री महासेठबाट उद्घाटन

खोज तलास खबर, जनकपुरधाम !  पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठको पहल र योजनाअनुसार ढल्केवर–जनकपुरधाम सडकखण्डमा विद्युत बत्ती जडान कार्य सम्पन्न भएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा महासेठले करकमलबाट उक्त सडकखण्डको विद्युत बत्ती उद्घाटन गरे।

 

बढ्दो जनघनत्व र सवारी चापका बीच सुरक्षा र सुविधालाई मध्यनजर गर्दै गरिएको यस कार्यले जनकपुरधाम तथा आसपासका बासिन्दालाई राहत मिलाउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, पूर्व तथा प्रतिनिधि सभा सदस्य जुली महतो, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, सडक डिभिजनका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरू, अग्रज नेता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

 

उक्त अवसरमा बोल्दै महासेठले पूर्वाधार विकासका माध्यमबाट जनजीवन सहज बनाउने आफ्नो प्रतिवद्धता दोहोर्याएका थिए। “सडकमा विद्युत बत्ती जडानले सुरक्षा बढ्नेछ, व्यापार–व्यवसायमा सहजता आउनेछ र शहरको सौन्दर्य पनि बढ्नेछ,” उनले भने।

 

स्थानीय प्रतिनिधिहरूले समेत यस कार्यको सराहना गर्दै आगामी दिनमा अन्य आवश्यक पूर्वाधार विकासमा समेत सहयोगका लागि आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार