जीवन कुमार राम, कडरबोना माघ ४ ।
खोज तलास खबर, जनकपुरधाम !सप्तरी जिल्लाको सुरुङा नगरपालिका वडा नं. ६ कडरबोनामा निर्माण सम्पन्न भएको कृषि तथा पशु सेवा केन्द्रको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सुरुङा नगरपालिकाका नगर प्रमुख गीता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा सुरुङा नगरपालिकाका उप–प्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, आर्थिक करिडोर कार्यालय बर्दिबासका प्रमुख राजेश साह, कृषि निर्देशनालय परवानीपुरका प्रमुख बिशेश्वर प्रसाद यादव, कृषि तथा पशुपन्छी मन्त्रीकी धर्मपत्नी कल्पना बदैबा लगायतको उपस्थिति रहेको थियो।
यसैगरी वडा नं. ६ का वडा अध्यक्ष दिनेश कुमार राम, वडा नं. ७ का शिव नारायण चौधरी, वडा नं. ८ का श्याम प्रसाद साह, वडा नं. ११ का रामकुमार चौधरी, कृषि शाखा प्रमुख रोशन कुमारी चौधरी, भेटेरिनरी शाखा प्रमुख शिवेन्द्र कुमार चौधरी, समाजसेवी तथा पूर्व वडा अध्यक्ष इन्द्र देव चौधरी, शिक्षा शाखा प्रमुख हिरालाल राणा, जिन्सी शाखा प्रमुख राजकुमार यादव, कृषि सेवा निवृत्त शाखा प्रमुख चन्देश्वर यादव, शिक्षक राजपैत यादव, सबल नेपाल सप्तरीका प्रमुख राधेश्याम राम, युवा नेता दिनेश चौधरी, समाजसेवी मो. नाजिर, मो. मुर्तुजा, मो. गफुर मियाँ, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख गजेन्द्र राय, चन्द्र भूषण चौधरी, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू तथा स्थानीय नागरिक गरी करिब १५० जनाको उपस्थिति रहेको थियो।
नव–निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियार तथा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजालद्वारा सुरुङा नगरपालिका नगर प्रमुख गीता चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै संयुक्त रूपमा उद्घाटन गरिएको हो।







प्रतिक्रिया